अपि पावरको नाफामा २६६ प्रतिशतको उछाल, बिद्युत बिक्रि आम्दानी ९५ करोड

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८१
Image description

काठमाडौं ।अपि पावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६६.३८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने १५७.६० प्रतिशतले बढेर ९५ करोड ५१ लाख रुपैयाँ रुपैयाँ पुगेको छ। जुन गत आर्थिक बर्षको यसै अवधिमा ३६ करोड ९५ लाख रुपैयाँमा सिमित थियो । बिद्युत बिक्रि आम्दानीमा आएको बृद्धिसंगै कम्पनीको खुद मुनाफा बढेको हो ।

५ अर्ब ७८ करोड चुक्ता पुँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) बढेर ४ रुपैयाँ २५ पैसा पुगेको छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ १०५.२० रुपैयाँ रहेको छ ।


प्रतिक्रियाहरू

पुनम खडायत

1 year ago

coungrat api power company is best company in nepal

पुनम खडायत

1 year ago

coungrat api power company is best company in nepal

सम्बन्धित खबर