हिमालयन डिष्टिलरीको नाफामा ४४ प्रतिशतले गिरावट, ईपिएस १२ रुपैयाँमा सिमित
काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफ गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४४.३८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २९ करोड ४२ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो ।
त्यस्तै समिक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी २६.१५ प्रतिशतले घटेर ९५ करोड ५९ लाख रुपैयाँ रुपैयाँमा झरेको छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल नाफा ३०.७३ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी २९.१३ प्रतिशत र सञ्चालन मुनाफा ४१.७६ प्रतिशत घटेको छ।
२ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४८ करोड १५ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी घटेर १२ रुपैयाँ २५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ २ पैसा छ ।
Shares