आरम्भ चौतारी लघुवित्तमा झण्डै ४ करोड घोटाला !


काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाको झण्डै ४ करोड रुपैयाँ बचत रकम घोटाला भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था ओखलढुङ्गाका पूर्व प्रमुख ज्ञानेन्द्र सापकोटाले ३ करोड ८४ लाख ३९ हजार ३ सय ६० रुपैया हिनामिना गरेको हुन् ।
सापकोटाले लघुवित्तको शाखा प्रमुख रहेको बेला लघुवित्तमा आबद्ध रहेका विभिन्न समूहका २५७ जना सदस्यहरुको बचत रकम लघुवित्तलाई नक्कली कागजात बनाई आफूखुसी चलाएका थिए । बचतकर्ताको रकम हिनामिना गरेपछि सापकोटा फरार भएका थिए ।
प्रहरीको धन्दामा ज्ञानेन्द्र सापकोटा !
बचतकर्ताहरुको रकम हिनामिना गरेर परार ज्ञानेन्द्र सापकोटालाई भदौ १० गते आईतबार काठमाण्डौंको कपनवाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सापकोटामाथि अनुसन्धान भैरहेको प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सापकोटाले समूहका २५७ जनामध्ये २९ जना बचतकर्ताको रकम चलाएको स्वीकारेका छन् ।
रकम हिनामिना गरेर फरार रहेपछि तत्कालीन शाखा प्रमुख सापकोटाका विरुद्ध बर्तमान शाखा प्रमुख बैकुण्ठ लुईटेलले गत २०७९ फागुन १५ गते प्रहरीमा उजुरी दिएका थिए । बर्तमान शाखा प्रमुख लुईटेलले दिएको उजुरीमा तत्कालीन शाखा प्रमुख सापकोटाले समूहका २५७ सदस्यहरुको किर्ते तमसुक बनाएर नक्कली कागजात खडा गरि अनियमितता गरेको आरोप छ । प्रहरीमा परेको बैंकिङ कसुरको मुद्धामा सापकोटालाई पक्राउ गरि अदालतको आदेश अनुसार उच्च अदालत मोरङको विराटनगरमा पेश गरेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
बचतकर्ताको रकम आनाकानी गर्दे लघुवित्त
सदस्यहरुले बचत गरेको रकम दिन आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था आनाकानी गर्दै आइरहेको छ । बचतकर्ता जम्मा गरेको रकम फिर्ताका लागि बारम्बार लघुवित्तमा धाउँदै आएका छन् । लघुवित्तले बचतकर्तालाई अहिले नै बचत रकम फिर्ता नगर्ने लघुवित्त विरुद्ध प्रहरीमा उजुरी गर्न जान समेत रोक्दै लाउँदै आएको एक पीडितले अर्थ कागजलाई बताईन ।
बचत कर्ताको पैसा तिर्छाै, प्रमाण चाहियो -निमित्त सिइओ
सवै बचत कर्ताको बचत रकम फिर्ता गर्ने आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवाली अर्थ कागजलाई बताए । अहिलेको सम्मको अनुसन्धानमा २५७ जना बचतकर्तामध्ये २९ जना बचतकर्ताको मात्र रकम चलाएको स्विकार भएको अवस्था छ । बाँकी रहेका बचतकर्ता रकम मुद्धा प्रकृयामा भएकोले अदालतको आदेश अनुसार बचतकर्ताको प्रमाणको आधारमा रकम फिर्ता गरिने निमित्त सिइओ ज्ञवालीको भनाई छ । मुद्धा अदालतमा बिचारधिन भएकोले अहिले नै बचत कर्ताको रकम फिर्ता गर्न नसकिने सिइओ ज्ञवालीले बताए । २५७ जना बचतकर्ताको बाहेक संस्थाको अरु सवै बचतकर्ताले नियमित बचत गर्नुको साथै संस्थाको कामकारबाही हुँदै आइरहेको छ । थप समाचार अर्काे भागमा... ।
Shares