काँग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीपको उम्मेदवारी

अर्थकागज
प्रकाशित: २९ पुस २०८२
Image description

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशन अन्तर्गत विश्व प्रकाश र प्रदीपले महामन्त्रीमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै सभापतिमा भने गगन थापाको मात्रै उम्मेदवारी परेको छ ।

बुधबार बिहान सभापति शेरबहादुर देउवासँग दुवै महामन्त्रीको वार्ता निष्कर्षमा पुग्न नसकेपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया अगाडी बढाएको छ ।

निर्वाचन समिति स्रोतका अनुसार नयाँ नेतृत्वको चयन सर्वसम्मत हुने सम्भावना देखिएको छ । काँग्रेसको विशेष महाधिवेशनले १३ पदाधिकारीसहित १२१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर