लक्ष्मी सनराईज बैंकको नयाँ ब्याजदर सार्वजनिक, घट्यो व्यक्तिगत मुद्दतिको ब्याज

अर्थकागज
प्रकाशित: २९ फागुन २०८०
Image description

लक्ष्मी सनराईज बैंक लिमिटेडले चैत्र १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ६.५० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ ।

त्यसै गरी बैंकले मुद्दति निक्षेपमा ६ देखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । ब्यक्तिगत मुद्दति निक्षेपमा ७ देखि ७.५० प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ६ देखि ६.५० प्रतिशत ब्याज दिने छ भने ब्यक्तिगत रेमिट्यान्स मुद्दति निक्षेपमा ८.५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा बेसरेटमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर ९.९९ प्रतिशत रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर