कामना सेवा विकास बैंकद्वारा चितवनको श्री राष्ट्रिय आधारभूत विद्यालयमा पोशाक वितरण

प्रकाशित:
०८ जेठ २०८२
काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री राष्ट्रिय आधारभूत विद्यालय ज्योतिनगर, चितवनका विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ ।
बैंकको नारायणगढ क्षेत्रका प्रविण बर्तौलाले विद्यालयका प्रधानाध्यापक रमाकान्त न्यौपानेको उपस्थितिमा विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्नुभएको छ । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानाध्यापक न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत खद्रौली , चितवनस्थित रहेको उक्त विद्यालयका विद्यार्थीलाई गरिएको पोशाक हस्तान्तरणले विद्यार्थीहरुलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै बैंकका प्रविण बर्तौलाले भरतपुर महानगरपालिका सँगको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, श्री राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares