जीवन विकास लघुवित्तको लाभांश घोषणा
प्रकाशित:
२८ मंसिर २०८२
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares