आइतबार सार्वजनिक बिदा, सेयर कारोबार नहुने

अर्थकागज
प्रकाशित: २३ साउन २०८२
Image description

काठमाडौं । बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा आगामी आइतबार साउन २५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार प्रदेश मन्त्रिपरिषद्को बैठकबाट पारित निर्णय प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ । यसअन्तर्गत बागमती प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र निजी संघ–संस्था आइतबार बन्द रहनेछन् ।

गाईजात्रा काठमाडौं उपत्यकासहित बागमती प्रदेशका विभिन्न जिल्लामा नेवार समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो । पितृ सम्झनाको प्रतीकस्वरूप मनाइने यस पर्वमा गाईको स्वरूपमा सजिएर टोलटोलमा घुम्ने, नाचगान गर्ने र सांस्कृतिक झाँकी प्रदर्शन गर्ने परम्परा रहिआएको छ ।  प्रदेश सरकारले सांस्कृतिक तथा धार्मिक विविधतालाई सम्मान गर्नका लागि प्रदेशस्तरीय बिदा घोषणा गर्दै आएको छ । यस वर्षको गाईजात्रामा पनि काठमाडौं उपत्यका, भक्तपुर, ललितपुरसहितका नेवार बस्तीहरूमा विशेष कार्यक्रम र सांस्कृतिक प्रदर्शन हुने तयारी गरिएको छ ।सेयर बजार पनि बन्द हुनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर