बलेफी हाइड्रो पावरले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २१ साउन २०८२
Image description


काठमाडौं । बलेफी हाइड्रो पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ। कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।
कम्पनीले १८८ मेगावाटको सुर्के दुधकोशी जलविद्युत आयोजनामा स्वपुँजीको रुपमा लगानी गर्नका लागि हाल कायम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रियाहरू

Nara Mahatara

1 year ago

कति कित्ता पाउन सकिन्छ होला ?

सम्बन्धित खबर