ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको लागि १ करोड सहयोग
प्रकाशित:
१६ भदौ २०८३
काठमाडौं । ज्योति विकास बैंकले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि १ करोड रूपैयाँ आर्थिक सहयोग गरेको छ । बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ५० लाख सहयोग गरेको हो । साथै बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम अन्तर्गत चरणबद्ध रुपमा थप ५० लाख सम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares