कुमारी बैंकद्वारा १० लाखको बीमा रकम भुक्तानी
काठमाडौं । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो । बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपियाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ । बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
Shares