१५ प्रतिशतले घट्यो निफ्राको नाफा, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: ०७ वैशाख २०८१
Image description

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

समिक्षा अवधिमा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २.५७ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ६३.२८ प्रतिशतले घटेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि १४.९९ प्रतिशतले घटेको छ ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ८८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा २ रुपैयाँ ९६ पैसा रहेको छ। बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर