रिलायबल लाइफको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेञ्ज कति ?

अर्थकागज
प्रकाशित: २६ भदौ २०८०
Image description

काठमाडौं । रिलायबल नेपाल लाइफको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा (आज) बुधबार सूचीकृत भएको छ । कम्पनीको ४ करोड कित्ता सेयर सूचीकृत भएको हो।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि आरएनएलआई संकेत प्रदान गरेको छ  । नेप्सेले पहिलो कारोबारको लागि १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले कुल जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम मूल्य सहित २५७ रुपैयाँका दरले १ करोड २० लाख कित्ता शेयर निष्काशमा ल्याएको थियो । सो सेयर समेत नेप्सेमा सूचीकृत भएको हो।

आइतबार यही रेञ्जलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्ने छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर