६ महिनामा ७ खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रियो

अर्थकागज
प्रकाशित: २२ माघ २०८०
Image description

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक बर्षमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ, प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७५ हजार ६ सय ४३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४२ हजार ५ सय ४८ रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर