एनएलजी इन्स्योरेन्सले हकप्रद निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

अर्थकागज
प्रकाशित: १२ कात्तिक २०८०
Image description

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६६ प्रतिशत अर्थात १०:६.६ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि कात्तिक २ गते सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर