प्रभु महालक्ष्मी लाइफको विजनेश एक्सिलेन्स समिट-२०८१ भव्य रुपमा सम्पन्न

अर्थकागज
प्रकाशित: २० साउन २०८१
Image description

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट-२०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए ।उक्त कार्यक्रमको अवसर पारेर उत्कृष्ट कार्य सम्पादन गर्ने शाखा प्रमुखहरुलाई सम्मान गरिएको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्य सम्पादनमा आउन सक्ने चुनौतिलाई अवसरको रुपमा परिणत गरी अगाडी बड्न हौसला प्रदान गरे । साथै आगामी वर्षमा व्यवसाय विस्तारमा विशेष जोड दिन निर्देशन दिए ।

कम्पनीका नायब महाप्रबन्धक सोन बहादुर मगरले आगामी वर्षको व्यवसायीक रणनीति, बिक्री कला, बीमा बजार लगायत समग्र बीमा क्षेत्रको बारेमा जानकारी गराए ।उक्त कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका ब्रान्ड एम्बेसेडर चर्चित कलाकार मनोज गजुरेलको रोचक प्रस्तुती रहेको थियो । त्यसैगरी मोटिभेसनल कोच बिके विजय राज सिग्देलको उत्प्रेरणात्मक सेसन रहेको थियो ।

कम्पनीका सहायक महाप्रबन्धक टिकादत्त प्याकुरेलले धन्यवाद व्यक्त गरि समापन गरिएको कार्यक्रमको सञ्चालन योगेन्द्र प्रसाद खतिवडाले गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर