सांग्रिला डेभलपमेन्टले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ०६ पुस २०८१
Image description

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश पारित गर्न २०औं वार्षिक साधारणसभा पुस २९ गर्ते गर्ने भएको छ ।

सभा अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान साढे १० बजेदेखि बस्नेछ । बैंकको सभामा शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ३.६५ प्रतिशत बोनस र ०.१९ प्रतिशत नगद गरी कुल ३.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकको नियुक्ति गर्ने तथा उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने वा अन्य संस्थालाई प्राप्ति गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । लाभांश तथा साधारणसभा प्रयोजनार्थ बैंकले पुस १७ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर