अरुण काबेली पावरको हकप्रद सेयर भर्नु भयो ?
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले निश्कासन गरेको हकप्रद सेयर भर्नु भयो ? कम्पनीको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन अब केही दिन मात्र बाँकी रहेको छ । यदि तपाई सेयरधनी हो भने आजै मेरो सेयरबाट आवेदन दिन सक्नुहुनेछ । कम्पनीले भदौ ११ गतेदेखि १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर जारीगरेको छ । उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीको सेयरधनीहरले हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सिडिएसको अनुसार बुधार बिहानसम्म ६२ हजार २ सय २६ आवेदकबाट ७० लाख २० हजार ९६८ कित्ताको लागि आवेदन परेको छ ।
कहाँबाट आवेदन दिने ?
नबिल इन्भेष्टमेन्ट बैंकिङले हकप्रद सेयर बिक्री प्रबन्धकको काम गरेको छ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ ।
उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । हिमलयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।
Shares