अब मासिक रु १०० मा नै डिशहोम हेर्न पाइने

अर्थकागज
प्रकाशित: २४ साउन २०८०
Image description

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ । 

अब डिशहोमको नयाँ तथा पूरानो ग्राहकले मासिक मात्र सय रुपियाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाइवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिने कम्पनीको भनाई छ । 

यस्तै यो अफरको लाभ पहिलेदेखि डिशहोम टिभी मात्र प्रयोग गरि रहेका ग्राहकले डिशहोमको नेटको कनेक्सन लिएर लिन सक्नेछन् । 

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेटसँंगै ६० भन्दा बढी एचडी च्यानलसहित दुई सयभन्दा माथि उच्च पिक्चर क्वालिटिको टिभी सुलभ मुल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् । यो अफरको बारेमा थप जानकारी चाहिएमा ०१-५९७०३६५ मा संम्पर्क गरि जानकारी लिन सकिने कम्पनीको भनाई छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर