ब्रोकर नं. २० (सिप्ला सेक्युरिटिज) को बदमासी ! लगानीकर्ताले सेयर बेचेको १० करोड नदिएपछि नेप्सेमा पर्यो उजुरी


काठमाडौं । लगानीकर्ताले सेयर बेचेको पैसा नदिएपछि ब्रोकर नं. २० (सिप्ला सेक्युरिटिज) विरुद्ध नेप्सेमा उजुरी परेको छ । एक चर्चित लगानीकर्ताले आफूले सेयर बिक्री वापतको ७ करोड रुपैयाँ र ३ करोड रुपैयाँ ब्याज सहित १० करोड रुपैयाँ भुक्तानी पाउँ भनी उजुरी दिएका हुन् ।
उजुरीपत्र यस्तो छ
‘ सिप्ला सेक्युरिटिज लिमिटेडले पठाएको लेजरको आधारमा कुल रकम करीव रु ७८,८१९,६६६ (सात करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठी रुपैंया कारोवार भएको लामो समयसम्म भुक्तानी नदिई आलटाल गरेको र सो रकम र सोको कानून बमोजिमको सम्पूर्ण परिवार, आफन्त तथा कम्पनीहरूको मिलाएर करिब रु ३०,०००,००० (तीन करोड रुपैंया) व्याज समेत गरी कुल रकम रु १०८,८१९,६६६ (दस करोड अठासी लाख उन्नाइस हजार छ सय छैसठी रुपैंया) पाउनुपर्ने तुरुन्तै भुक्तानी गराइ ब्रोकरलाइ प्रचलित कानून बमोजिम हदैसम्मको कार्वाही गरी दिनुहुन अनुरोध छ । ’ उजुरीपत्रमा भनिएको छ, ‘ म जस्तै थुप्रै ग्राहकहरूको रकम ब्रोकरले दुरुपयोग गरी क्रिप्टो तथा हुन्डी कारोबारमा प्रयोग गरेको हुनाले सिपला सेक्युरिटिज लिमिटेडका तत्कालीन सञ्चालक थुनामा रहेकाले उक्त ब्रोकरलाई अनुसन्धानको दायरामा ल्याउनपर्ने देखिन्छ ।’
Shares