सिंगटी हाईड्रो इर्नजीको लिलामी सेयर भर्ने आज अन्तिम मौका, कहाँबाट आवेदन दिने ?

प्रकाशित:
२० चैत २०८०

काठमाडौं । सिंगटी हाईड्रो इर्नजी लिमिटेडको सर्बसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इच्छुक लगानकिर्ताले आज बैकिङ्ग समयसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले चैत १२ गतेदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी मार्फत बिक्री खुल्ला गरेको छ ।
कहाँबाट आवेदन दिने ?
ईच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुङ्गा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares