डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

अर्थकागज
प्रकाशित: ११ पुस २०८१
Image description

काठमाडौं । अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। पुस १२ गते, शुक्रबार १३६ रुपैयाँ ७३ पैसा पुगेर डलरको भाउले नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा तोकेको छ भने खरिददर १३६ रुपैयाँ १३ पैसा तोकेको छ। यस अघि पुस १० गते डलरको बिक्रीदर १३६ रुपैयाँ ६३ पैसा पुगेर रेकर्ड बनाएको थियो। यस दिन सोको तुलनामा १० पैसा बढेर डलरले नयाँ रेकर्ड बनाएको हो।

युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ २१ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ५८ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ३४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ८५ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९५ रुपैयाँ ०६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय रुपैयाँ ६७ पैसा निर्धारण गरिएको

छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर