रास्वपाका मन्त्रीहरुले आजै राजीनामा दिने

अर्थकागज
प्रकाशित: १९ असार २०८१
Image description

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरुले आजै राजीनामा दिने भएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर मन्त्रीहरुले राजीनामा बुझाउने छन् ।

‘बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ । प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर