बबई र पश्चिम राप्ती नदीमा बाढीले सतर्कताको तह पार

अर्थकागज
प्रकाशित: २० साउन २०८२
Image description

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका सबैजसो नदीमा पानीको बहाव बढ्ने जानकारी दिएको छ ।

महाशाखाका विज्ञ सौहार्द जोशीले आज बबई नदीको बाढीले बर्दियामा खतराको तह पार गरेको छ भने पश्चिम राप्तीको बाढीले बाँके जिल्लामा सतर्कताको तह पार गरेको जानकारी दिएका छन् ।

उनले दाङ र कैलालीमा पनि बाढीको जोखिम उच्च रहेको बताए ।

अहिले मनसुन सक्रिय भइ पानी परिरहेकोले आज र भोली महाकाली, कर्णाली, पश्चिम सेती, भेरी, कालीगण्डकी लगायतका नदीले सतर्कताको तह पार गर्ने सम्भावना रहेको जोशीले जानकारी दिएका छन् ।

उनले यी बाहेक सबै जसो जिल्लाका स-साना खोलामा अचानक बाढी आउने समभावना मध्यम रहेकोले सतर्क रहन आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर