करिब २१ प्रतिशतले बढ्यो सानिमा जीआइसी इन्स्योरेन्सको नाफा
काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले १० करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९४ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ३२.४२ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा २३.९० प्रतिशत बढेको छ भने कुल खर्च २५.२९ प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेको छ ।
२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग १३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा ५८ करोड ९१ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी बढेर १० रुपैयाँ ५६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा छ ।
Shares