युएईमा रहेर समस्यामा परेका नेपालीलाई वेभ पोर्टलमा विवरण अद्यावधिक गर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा बढ्दो परिस्थितिका कारण युएईमा रहेका नेपालीहरूको अवस्था बुझ्न र आवश्यक सहयोगका लागि परराष्ट्र मन्त्रालयले नयाँ पोर्टल सञ्चालनमा ल्याएको छ ।
नेपाल फर्कन आन्तरिक र बाह्य समस्या भोग्नु परेका नेपालीहरूले यो पोर्टल मार्फत आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न सक्ने छन् । पोर्टलको ठेगाना https://legal.nepalconsular.gov.np/urgent-rescue रहेको छ ।
पहिलो चरणमा, विभिन्न मुलुकबाट नेपाल फर्कने क्रममा युएईको विमानस्थलमा अलपत्र परेका, भिसा समाप्त भएका वा कम्पनीमार्फत भिसा रद्द गराई नेपाल फर्किने टिकट काटिसकेपछि असहज परिस्थितिमा पर्ने नेपाली नागरिकहरूले पोर्टलमा आफ्नो विवरण अपडेट गर्न आयोग्य अनुरोध गरिएको छ ।
फेब्रुअरी २८ पछिको समयमा अधिक समय बस्ने (ओभरस्टे) भएको नेपाली नागरिकहरूलाई भने जरिवाना नलाग्ने जानकारी प्राप्त भएको हुँदा संयमता अपनाउन पनि आग्रह गरिएको छ ।
प्रतिक्रियाहरू
Chhabi lal
1 month ago
कतार बात नेपाल आउन चाहन्छु
Chhabi lal
1 month ago
कतार बात नेपाल आउन चाहन्छु
Chhabi lal Bhujel
1 month ago
नेपाल सरकार ले उदार क्रम जारी गर्नु होला l म नेपाल आउन चाहन्छु l
Shares