१ हजार लगानीबाट २९ हजार हुने विन नेपाल लघुवित्तको एफपीओ आइतबार बाँडफाँट !

प्रकाशित:
०६ वैशाख २०८२

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ वैशाख ७ गते आइतबारका दिन बाँडफाँट गरिने भएको छ । बिहान ८ बजे ठमेल स्थित आफ्नै कार्यालयमा एफपीओ बाँडफाँट गर्ने तयारी भएको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।
यता, विन नेपाल लघुवित्तको एफपीओमा मागभन्दा ४५५.९१ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ। यसमा १९ लाख ७४ हजार ७०९ जनाले कुल २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएका छन्। जसमा ५ हजार १२९ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १९ लाख ६९ हजार ५८० जनाको भने हात खाली हुनेछ।
कम्पनीले चैत २१ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको थियो। बिहीबार विन लघुवित्तको सेयर मूल्य प्रतिकित्ता २८ सयर ९५ रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares