बजेट कनिका छरे जस्तो हुँदैन, यस पटक ब्रेक थ्रु गर्नैपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले परम्परागत नीति तथा कार्यव्रmम र बजेटले समस्या समाधान नहुने भन्दै अधुरा आयोजनाको निर्माण कार्य सम्पन्न गर्न लक्ष्य निर्धारण गरेर नवीनतम् शैलीमा बजेट तर्जुमा गरिने बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार आयोजित आगामी वर्ष २०८१÷८२ को नीति तथा कार्यव्रmम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले यस पटकको बजेट कनिका छरे जस्तो’ नहुने उद्घोष समेत गरेका छन् । उनले पुराना योजना अलपत्र पार्ने र नयाँ नयाँ योजना थपिँदै जाँदा काम नहुने र ठुलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सङ्केत सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त भइनसकेको बताए । उनले विकास निर्माणका काममा थुप्रै बेथिति रहेको स्मरण गर्दै यस पटक परम्परागत सोच र ढाँचाबाट मुक्त भएर बजेट तर्जुमा गरिने प्रस्ट पारे । उनले भने, “सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नु पर्छ । यस पटक ब्रेक थ्रु गर्नैपर्छ ।”
प्रतिक्रियाहरू
Bhim Prasad mainali
2 years ago
Yo boli behaviour ma dekhiyo vane ra bajet sahi thauma use gariyo vane pakkai Naya Kura hunxa.
Shares