प्रभु बैंकको विज्ञापन खर्च २१ करोड, कमिसनको खेलमा हाकिमहरू

अर्थकागज
प्रकाशित: २३ माघ २०८१
Image description

काठमाडौं । बचत कर्ता र सेयरधनीहरुको विश्वास गुमाउँदै गएको प्रभु बैंकले पछिल्लो समय आफ्नो गोजीका संचार माध्यमलाई आफुखुसी पैसा बाँडेको देखिन्छ । बैंकको आर्थिक वर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन हेर्दा विज्ञापन खर्च मात्रै झण्डै २१ करोड रुपैयाँ रहेको छ । बैंकले यस आर्थिक वर्षमा विज्ञापन २० करोड ७० लाख ४२ हजार ८६७ रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षमा भन्दा धेरै कम रहेको हो । आर्थिक वर्ष २०७९/८० मा बैंकले २९ करोड १८ लाख १९ हजार ३२१ रुपैयाँ खर्च गरेको थियो । त्यसै गरी बैंकले आर्थिक वर्ष २०८०/८१ म पत्रपत्रिका तथा पुस्तकमा ५ लाख ७० हजार ७५५ रुपैंयाँ खर्च गरेको छ ।
विज्ञापन खर्च हेर्दा बैंक वित्तीय क्षेत्रमा सबैभन्दा धेरै खर्च गर्ने बैंकमा प्रभु बैंक देखिन्छ । तर, धरातलमा हेर्दा मिडिया प्रचारप्रसारमा विज्ञापन कम देखिनेमा प्रभु बैंक देखिन्छ । प्रभु बैंकको मिडिया प्रचार प्रसार गर्ने रणनिति नेपालको अरु बैंकको भन्दा उल्टो छ । अरु बैंकले कम खर्चमा बैंकको धेरै प्रचार प्रसार गर्दछन् । तर, प्रभु बैंकले विज्ञापनमा खर्च धेरै, कम प्रचार प्रसार गर्ने गरेको छ । यसमा प्रभु बैंकका हाकिमहरुको स्वार्थ प्रष्ट देखिन्छ । यस बैंकका हाकिमहरुले विज्ञापनमा ठुलो रकम कमिसन समेत लिँदै आएको मिडिया मालिकहरुले चिया गफमा सुनाउने गरेका छन् । बैंकका हाकिमहरुले गोजीका आफ्ना अनुकुलका मिडियालाई ५० प्रतिशतसम्मको कमिसनमा विज्ञापन हालेको मिडियाका साहुहरुले बजारमा भन्दै हिड्ने गरेका छन् । बैंकले पनि थोरै मिडियाहरुमा नियमित विज्ञापन हाल्दै आईरहेको छ । बैंकको अनियमित गतिविधिलाई पब्लिक सेयरधनीहरु माझ लैजाने डरले केही मिडियालाई पैसाको खोला बगाउँदै आईरहेको छ । बैंकले विज्ञापन खर्च बैंकको प्रचार प्रसारमा भन्दा पनि कुनै एक जना सुन्दर स्टाफको विषयमा व्यक्तिगत बनावटी प्रगतिको विषयमा मिडियामा कभरेज स्टोरी लेख्न लगाएर प्रचार प्रसार गर्दै आइरहेको छ । त्यो पनि ठुलो रकम खर्चेर ।
बैंकको वित्तीय अवस्था हेर्दा बैंकले अझै केही वर्ष सेयरधनीलाई लाभांश दिन नसक्ने अवस्थामा बैंक पुगेको छ । बैंकलाई नाजुक अवस्थामा ल्याउन सिईओ अशोक शेरचन र संचालक समितिको अध्यक्ष लिला प्रकाश सिटौलाको ठुलो हात रहेको छ । घमण्डी स्वभावका सिईओ शेरचनको एक लौटी निर्णयले बैंक दिन प्रति दिन धरासायी बन्दै गएको छ । बैंकको कर्मचारी सुरुवा वा बढुवामा सिईओको एकलौटी निर्णयले कर्मचारी भित्र द्धन्द चलिरहेको छ । बार्षिक साधारणसा एक जना महिला सेयरधनीले सभालाई सम्बोधन गर्ने क्रममा भनेकी थिईन-' जागिर खाएको ९ वर्षमा एक जना महिलालाई सिईओले १० पटक बढुवा कसरी र किन गरे ? यो गम्भिर विषय हो ।'
यस्ता गम्भिर प्रश्नहरु सभामा धेरै जना सेयरधनीहरुले उठाएका थिए । सभामा बैंकले लुकाएको ऋण प्रवाहको तथ्याङ्क, लुकाइएको वित्तीय विवरण लगायतको विषयमा सेयरधनीहरुले सभामा आवाज उठाएका थिए । सभामा बैंकका अध्यक्ष सिटौला सेयरधनीको डर र लाजले सभाहलमा टाउको लुकाएर बसेका थिए । यता, सभामा सिइओ शेरचन तनावम देखिन्थे । सभामा चर्काे विरोध नहोस भनेर बैंकका संचालक र व्यवस्थापनले बार्षिक साधारणसभा हुने केही दिन अघिदेखि चालेको रणनीति गज्जबको थियो ।
सिईओ शेरचनको माया पिरतीले प्रभु बैंक डुब्ने बाटोमा, बचतकर्ता धमाधम पैसा निकाल्दै र्काे भागमा ....

प्रतिक्रियाहरू

सम्बन्धित खबर