नेपाल धितोपत्र बोर्डले दियो दरमखोला हाईड्रो इनर्जीलाई आईपीओ जारी गर्ने अनुमति
प्रकाशित:
२१ जेठ २०८२
काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले दरमखोला हाईड्रो इनर्जी लिमटिेडलाई सार्वजनिक निष्काशनको अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले चूक्ता पुँजीको ३८.३३ प्रतिशत अर्थात् ३९ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको थियो ।
कम्पनीले यसअघि नै आईपीओ निष्काशनका लागि बिक्री प्रवन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरिसकेको छ । सेबोनले जेठ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares