समता घरेलु लघुवित्तको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन भएको छ ।
कम्पनीको ५.४२२२ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता ६ सय ६४ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ७ सय रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
लघुवित्तले चैत २९ गते, बिहीबार नमोबुद्ध बैंक्वेट एण्ड इभेन्ट, बनेपा–७, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक बर्षको मुनाफाबाट नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८५४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई एक्वायर गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, एफपीओ निष्काशन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
Shares