नेपाल एसबिआई बैंकको चौथो त्रैमासिक वित्तीय विवरण : खुद नाफा र पूँजी पर्याप्ततामा सुधार, निष्क्रिय कर्जा घट्यो
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ, जस अनुसार बैंकले रु. २.०४ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा १२.८९% को वृद्धि हो । बैंकको प्रति सेयर आम्दानी (EPS) मा समेत १२.८९ प्रतिशतले वृद्धि भई रु. १८.०४ पुगेको छ। साथै, बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ४३ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८३ असार मसान्तमा २.९२% मा ल्याएकोे छ, जुन २०८२ असार मसान्तमा ३.३५% रहेको थियो । त्यसैगरि, बैंकले आफ्नो खुद ब्याज आम्दानी, २०८२ असार अन्त्यको तुलनामा १.३०% ले वृद्धि गर्दै रु.५२६.६० करोडबाट २०८३ असारको अन्त्यमा रु. ५३३.४३ करोड पुर्याएको छ । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८२ असार अन्त्यको तुलनामा १८.६९% ले वृद्धि गर्दै रु. १६९.०९ करोडबाट २०८३ असारको अन्त्यमा रु. २००.६९ करोड पुर्याएको छ। बैंकले आफ्नो पूँजी पर्याप्तता थप मजबुत बनाउदै बैंकको पूँजी पर्याप्तता अनुपात (CAR), २०८२ असार मसान्तको १२.७५ % बाट वृद्धि गरि २०८३ असारको अन्त्यमा १३.७४% पुर्याएको छ, जुन ९९ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.१८% बाट घटाएर ४.०६% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ११२ आधार बिन्दुले कम हो ।
समग्रमा, बैंकको वित्तीय नतिजाले नाफा, सम्पत्तिको गुणस्तर, पूँजीगत क्षमता तथा कोष व्यवस्थापनको दक्षतामा निरन्तर सुधार भएको देखाएको छ।
प्रतिक्रियाहरू
Bhakti Uprety
3 weeks ago
To study.
Shares