अरुण भ्याली हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निश्कासन गर्न बोर्डलाई दियो निवेदन

अर्थकागज
प्रकाशित: ३० साउन २०८०
Image description

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ ।

अरुण भ्यालीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमतिको लागि निवेदन दिएको हो ।

गत बैशाख ६ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने प्रस्तावलाई असार ७ गते, सम्पन्न विशेष साधारण सभाले पारित गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १००% हकप्रद सेयर जारी गर्न लागेको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद सेयर जारी हुनेछ ।

हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।

बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण तिर्ने कम्पनीले जनाएको छ । मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर