हिमालयन लघुवित्तको लाभांश घोषणा
प्रकाशित:
१६ कात्तिक २०८३
काठमाडौँ । हिमालयन लघुवित्तले आर्थिक वर्ष २०८२/८३ बाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको हाल कायम हाल लघुवित्तको चुक्ता पुँजी ३४ करोड १० लाख रहेको छ। यहि पुँजीबाट कम्पनीले लाभांश वितरण गर्ने छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा लघुवित्तको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares