नेपाल एसबिआई बैंकको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण

अर्थकागज
प्रकाशित: ०८ पुस २०८१
Image description

काठमाडौं । नेपाल एसबिआई बैंकले सुर्खेत रोड, नेपालगञ्ज उपमहानगर-२, नेपालगञ्ज, बाँकेमा अवस्थित लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगर नगरपालिका-८, नारायणपथ, भैरहवामा स्थानान्तरण गरी नयाँ परिसरबाट सेवा शुभारम्भ गरेको छ ।

उक्त प्रदेश कार्यालयको नयाँ भवन परिसर उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीे, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहको उपस्थितिमा गरेका थिए । हाल यस बैंकल १ सय शाखा, २२ एक्स्टेशन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२२ एटिएमबाट आफ्नोे आन्तरिक तथा विश्वव्यापी नेटवर्क मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर