सूर्यकुण्ड हाइड्रोको आइपिओमा ४५ गुणा आवेदन

अर्थकागज
प्रकाशित: २२ माघ २०८२
Image description

काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपिओमा ४५ गुणा आवेदन परेको छ । बुधबार राति ८ बजेसम्म आवेदन दिने समय तोकिएको यस आइपिओमा २५ लाख ५३ हजार ८७१ जना लगानीकर्ताले आवेदन दिएका छन् ।

कम्पनिले माघ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७२ हजार ४३१ कित्ता शेयर निष्कासन गरेको थियो । जस अनुसार ५७ हजार २४३ जनालाई १०-१० कित्ताका दरले शेयर पर्ने छ ।

कम्पनीले जारी पूँजी ६८ करोड ९६ लाख ७४ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको १३ लाख ७९ हजार ३५० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि ३४ हजार ४८४ कित्ता र कर्मचारीका लागि १३ हजार ७९३ कित्ता छुट्टाएको छ ।

कम्पनीले सञ्चालन गरेको ११ मेगावाटको माथिल्लो तादी खोला जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ८४ लाख ४० हजार रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ५३ लाख १२ हजार ७२७ रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर