नेप्से ६४.२५ अंकले बढ्दा २२ अर्ब नजिक कारोबार

अर्थकागज
प्रकाशित: १५ साउन २०८१
Image description

काठमाडौं । सेयर बजार आज ६४.२५ अंकले बढेको छ ।३ सय ३२ वटा कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर खरिदबिक्री हुँदा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको कारोबार भएको छ । बजारमा कारोबार तिव्र कारोबारमा लगानीकर्ता मैदानमा उत्रिता नेप्से इन्डेक्स २७५६.०७ बिन्दुमा पुगेको छ । आज १९१ कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ कम्पनीको सेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्सेरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको ४१ करोड ९ लाखको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४० करोड २६ लाख रुपैयाँको सेयरकारोबार भएको छ । आज सबैभन्दा धेरै ८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज ८ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।आजको कारोबार 


प्रतिक्रियाहरू

सम्बन्धित खबर