सर्वोत्तम सिमिन्टको नाफा १८ प्रतिशतले घट्यो, बिक्रि आम्दानी ६.३७ अर्ब
काठमाडौं । सर्वोत्तम सिमिन्ट लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार सिमेन्टको नाफामा गिरावट देखिएको छ ।
समिक्षा अवधिमा सिमेन्टले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.५१ प्रतिशतले कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा सिमेन्टले २१ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।
त्यस्तै समिक्षा अवधिमा सिमेन्टले ६ अर्ब ३७ करोड ३७ लाख रुपैयाँ बराबरको सिमेन्ट बिक्रि गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ५ अर्ब ३८ करोड रुपैयाँमा सिमित थियो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी २९८.९७ प्रतिशत बढेर ४ करोड ३५ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ४।७६ प्रतिशत बढेको छ।
४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा सिमेन्टको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७५ रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ८३ पैसा रहेको छ।
Shares