८% नगद लाभांश दिएको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओ अन्जु श्रेष्ठको तलव /भत्ता १ करोड १ लाख ३६ हजार

अर्थकागज
प्रकाशित: ०५ माघ २०८२
Image description

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलव भत्ता बापत १ करोड १ लाख ३६ हजार ७४५ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको बार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा सिईओ श्रेष्ठलाई उक्त रकम तलव भत्ता बापत भुक्तानी गरेको हो । तर, सिईओको तलव भत्ता अनुसार प्रतिफलमा भने सेयरधनीहरुले प्रश्न उठाएका छन् ।

कम्पनीले यस आर्थिक वर्ष सेयरधनीलाई कर सहित ८ प्रतिशत नगद लाभांश दिएको छ । सेयरधनी डम्बरु बल्लभ घिमिरे भन्छन्-'  सिईओको तलव अनुसार सेयरधनीलाई प्रतिफल भएन, सिईओले यत्रो तलव खाएपछि सेयरधनीहरुलाई कम्तिमा १५देखि २० प्रतिशत लाभांश सक्नु पर्नेछ ।' घिमिरेले कम्पनीले कर सहितको ८ प्रतिशत लाभांश प्रोमोटर सेयरलाई मात्र पोस्ने प्रतिफल ल्याएको प्रति आपत्ती समेत जनाएका छन् । सेयरधनीहरुले सिईओको तलव भत्ता र संचालक समितिको सेवा सुविधा कटौती गर्नु पर्ने बताएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर