लक्ष्मी सनराइज बैंकको २५ औं बार्षिक साधारणसभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको २५ औं बार्षिक साधारणसभा आज अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा भव्यरुपले सम्पन्न भएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष रमण नेपालको अध्यक्षतामा सम्पन्न सभाले १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत (कर प्रयोजनको लागि ) नगद लाभांश रहेको छ ।
त्यसै गरी सभाले संचालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु (सहायक कम्पनी समेत) छलफल गरी स्वीकृत गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरको छ ।
सभाले बैंकको संचालक समितिको संरचना हेरफेर समेत गरेको छ । त्यसै गरी सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी नियकाहरुबाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन समायेजन गर्न बैंकको संचालक समिति (वा संचालक समितिले तोकेको कुनै पदाधिकारी) लाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीहरुले बैंकको संचालक र व्यवस्थापनको खुलेर प्रसंशा गरेका थिएका ।
आ.व. २०८१/८२ मा रु ३७१ अर्ब निक्षेप र रु २८७ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ४४३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले ४ अर्ब ६ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
Shares