भिजन लुम्बिनी उर्जाको आइपीओ आजदेखि बिक्री खुला, स्थानीयले नकिनेको सेयर पनि सर्वसाधारणलाई
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निश्सन गरेको हो । यस कम्पनीले स्थानीय बासिन्दाले आवेदन नदिएको ४ लाख ८७ हजार ९१० कित्ता सेयरसमेत थप गरेर सर्वसाधारणलाई उक्त आइपीओ बिक्रीमा ल्याएको हो । लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिन सक्नेछन्। यदि यो अवधिमा सबै सेयर बिक्री नभएमा मंसिर १ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
कहाँबाट आवेदन दिने ?
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गरेको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यो आइपीओलाई ‘आइआरएन डबल बी माइनस इस्यूआर’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ । इन्फोमेरिक्सले
Shares