यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज असार १७ गते सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । आज १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, खरिददर १३३ रुपैयाँ १२ पैसा कायम भएको छ । यसअघि आइतबार पनि यहि भाउ कायम थियो ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ २८ पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ६४ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १६९ रुपैयाँ ०८ पैसा खरिद दर १६८ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रुपैयाँ १६ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९७ रुपैयाँ ७५ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Shares