मेरो माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
प्रकाशित:
०५ असार २०८२
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुला गरेको छ । संस्थाले ७ जना संस्थापक सेयरधनीको नाममा रहेको कुल १ लाख ७२ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यो सेयर हाल कायम लघुवित्तका संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।
फरक–फरक कित्ताका लागि फरक–फरक मूल्य तोकिएको छ । जसअन्तर्गत २ लाख १४ हजार ७०६ कित्ता शेयरको मूल्य ३२० रुपियाँ, ३६ हजार ८१० कित्ताको ३२५ रुपियाँ र २० हजार ८५६ कित्ता सेयरको मूल्य प्रतिकित्ता ३४० रुपियाँ तोकिएको छ ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्ने शेयरको विवरण खुलाई लघुवित्तको सम्पर्क कार्यालय, सीतापाइला, काठमाडौंमा निवेदन दिनुपर्नेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares