एनआईसी एशिया क्यापिटलले बाँड्यो ६१ करोड २५ लाख रुपैयाँ लाभांश, कुन फण्डमा कति प्रतिशत लाभांश ?

अर्थकागज
प्रकाशित: ०७ असोज २०८१
Image description

ठमाडौं । एनआईसी एशिया क्यापिटलले गत वर्षको नाफाबाट सेयरधनीलाई ६१ करोड रुपैयाँ बढी लाभांश बाँड्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ मा क्यापिटलका सेयरधनी, म्युचुअल फण्डका इकाइधनीलाई गरेर ६१ करोड २५ लाख रुपैयाँभन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको जनाएको छ ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित सामूहिक लगानी कोष योजनाबाट गत वर्षको नाफाबाट इकाईधनीहरूलाई ५० करोड ७५ लाख ५ हजार रुपैयाँ प्रतिफल वितरण गर्न सफल भएको हो । जसमध्ये एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत अर्थात् ७ करोड ६२ लाख २४ हजार रुपैयाँ, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गरेको हो ।

साथै विभिन्न आर्थिक वर्षहरुमा एनआईसी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया व्यालेन्सड् फण्ड र एन आई सी एशिया डाइनामिक डेप्ट फण्डले वितरण गरिएको प्रतिफल रकम बुझिलिन बाँकी भएका इकाईधनीहरुको विवरण तथा विविध कारणबश प्रतिफल जम्मा नभएका/फिर्ता भएका इकाईधनीहरुको विवरण फिर्ता तथा जम्मा नहुनुको कारण सहित एनआईसी एशिया क्यापिटलको वेभसाईटबाट प्राप्त गर्न /सकिनेछ ।

नियमित रुपमा प्रतिफल वितरण गर्न सफल खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” अन्तर्गत Systematic Investment Plan (SIP)  तथा Systematic Withdrawal Plan (SWP)  योजनाहरु समेत संचालन गरिरहेको र उक्त योजनामा अनलाईन मार्फत सहज रुपमा सहभागी हुन मिल्ने व्यवस्था मिलाइएको छ ।

साथै क्यापिटलले आर्थिक वर्ष २०८०।०८१ मा क्यापिटलको शेयरधनीलाई ५२.५३ प्रतिशत नगद लाभांश अर्थात रु.१० करोड ५० लाख भन्दा बढी र सामूहिक लगानी कोष योजनाहरुको इकाईधनीहरुलाई रु.५० करोड ७५ लाख भन्दा बढी प्रतिफल गरी जम्मा रु.६१ करोड २५ लाख भन्दा बढी रकम लाभांशको रुपमा वितरण गर्न सफल भएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर