सर्वोत्तम सिमेन्टको सेयरमा ‘कटअफ’ मूल्य ४०१ रुपैयाँ, ४१ वटा संस्थाको आवेदन

अर्थकागज
प्रकाशित: १० मंसिर २०८०
Image description

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा योग्य संस्थागत लगानीकर्ताले कुल ३६ लाख १९ हजार १ सय ९० कित्ताको लागि आवेदन दिएका छन् । धेरै जसोले ४०१ रुपैयाँका दरले आबेदन दिएपछि ४०१ रुपैयाँ कट अफ मूल्य तोकिने भएको छ ।

क कसले आवेदने दिए ?

बुक बिल्डिङ बिधि मार्पत निष्कासन भएको सर्वोत्तम सिमेन्टको प्राथमिक सेयरमा कुमारी क्यापिटलले ५ हजार कित्ता, कुमारी इक्विटी फण्डले १५ हजार र कुमारी धनवृद्धि योजनाले २० हजार कित्ताको लागि आबेदन दिएका छन् । उनीहरुले चार सय ६ रुपैयाँ दरमा आबेदन दिएका हुन् ।

 त्यसै गरी नागरिक लगानी कोषले चार लाख कित्ता सेयर चार सय पाँच रुपैयाँ दरमा सेयर माग गरेको छ । प्रभु सेक्ल्क फण्डले दुई लाख २० हजार कित्ता ४०१ रुपैया दरमा सेयर माग गरेको छ। यसैगरी कामना सेवा विकास बैंकले दुई लाख कित्ताको लागि आदेन दिएको छ उसले ४०१.५१ मूल्यमा सेयर माग गरेको छ । प्रभु सेक्ल्क फण्डले दुई लाख २० हजार कित्ता माग गरेको छ ।

कम्पनीको निष्कासनमा न्यूनतम् ४०१ रुपैयाँदेखि चार सय ६ रुपैयाँसम्म प्रति कित्ताका दरले शेयर आबेदन परेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । एक आबेदकले कुल निष्कासनको २० प्रतिशत हुन आउने चार लाख ८० हजार कित्तसम्म आबेदन दिन पाइने व्यवस्था अनुरुप चार कम्पनीले सोहि अनुपातमा आबेदन दिएका छन्। जसमा सिटी एक्सप्रेस इन्भेष्टमेन्ट प्राली, स्काइ टच इन्भेष्टमेन्ट कन्सटट्यान्ट, अलका इन्भेष्टमेन्ट प्रालि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०१ रुपैयाँको दरमा सेयर माग गरेका छन् ।  सर्वोत्तम सिमेन्टको सेयरमा कुल ४१ वटा संस्थाले आवेदन दिएका छन् ।

सर्वोत्तमले गत मंसिर ६ गतेदेखि योग्य संस्थागत लगानीकर्ताहरुका लागि बुक बिल्डिङ्ग मार्फत सेयर निष्कासन गरेको थियो । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेय बुक बिल्डिङ्ग प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

जसमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो। बोलकबोलका लागि सुरुमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म बिक्री मूल्य तोकिएकामा उक्त मूल्य परिमार्जन भएर प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर