सूचिकृत कम्पनीलाई नियम उल्लंघन गर्ने छुट एक दिन पनि हुँदैन: रमेश हमाल-अध्यक्ष,नेपाल धितोपत्र बोर्ड
प्रकाशित:
१२ मंसिर २०८०
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले सूचिकृत कम्पनीलाई नियम उल्लंघन गर्ने छुट एक दिन पनि नरहेको बताएका छन् । सूचिकृत कम्पनीलाई सेवानले तोकिएको मिति भन्दा एक दिन ढिला भयो भने पनि सेवोनको कारवाही भोग्नु पर्ने अध्यक्ष हमालले बताए ।
नेपाल धितोपत्र बोर्ड (सेवोन) को इतिहासमा पहिलो पटक सूचिकृत ८८ वटा कम्पनीलाई कारबाही भएको छ । आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई बोर्डले कारबाही गरेको हो ।
बोर्डको गत कात्तिक २० गते बसेको सञ्चालक समिति बैठकले समयमै वित्तीय विवरण नबुझाउने र ढिलो बुझाउने कम्पनीलाई स्पष्टीकरण सोधेको थियो ।
१५ दिनभित्र जवाफ पेश गर्न बोर्डले निर्देशन दिएको हो । धितोपत्र बोर्डले ढिलो विवरण बुझाउने ६९ वटा कम्पनीलाई ५० हजार, वित्तीय विवरण नबुझाएका १८ कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना गर्ने जनाएको छ ।
सेवोनकोे यो बोल्ड निर्णयलाई सेयरधनीले स्वागत गरेका छन् । हामीले लगानी गरेको कम्पनीको संचालक समितिका व्यक्तिको कव्जामा रहेको सेयरधनीले अहिले आएर बुझेका छन् ।
नियामक निकायलाई नटेर्ने संचालक समितिले सेयरधनीको लगानीलाई के को विचार गरेर कम्पनीको कामकारवाही गर्ने ? कम्पनी चलाउने जिम्मा सेयरधनीले साधारणसभाबाट संचालक समितिलाई दिएका हुन्छन् । सेवोनले निर्णय गरेको जरिवना संचालक समितिले त तिर्दैन ? कम्पनीको पैसाबाट तिर्ने हो । गल्ती गर्ने संचालक समिति, जरिवाना तिर्नु पर्ने सेयरधनीको पैसा ? सेयरधनीले भन्न थालेका छन् ।
सूचिकृत कम्पनीको अपारदर्शी आर्थिक हिसाव किताव र संचालक समिति र सिइओको लाहप्रवाहीले सेयरधनीले उचित प्रतिफल पाउन सकेका छैनन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares