नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ निष्काशन गर्ने स्वीकृति

अर्थकागज
प्रकाशित: २७ पुस २०८१
Image description

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डबाट कम्पनीले अंकित मूल्य एक सय रूपैयाँको आधारमा सेयर जारी गर्ने अनुमति पाएको हो। कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ। कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नम्बर १ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर