मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने

अर्थकागज
प्रकाशित: २५ असोज २०८२
Image description

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव आगामी साधारणसभामा लैजाने भएको छ। कम्पनीले कार्तिक २१ गते साधारणसभा बोलाएको छ । कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर