मंगलबार सार्वजनिक बिदा, सेयर मार्केट बन्द
प्रकाशित:
१३ जेठ २०८१
काठमाडौं । मंगलबार अर्थात भोली (जेठ १५ ) गते गणतन्त्र दिवसको अवसर नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक बिदा दिँदै आएको छ ।२०६२।६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै आएको छ । भोलि सार्वजनिक बिदा भएसँगै सेयर बजार पनि बन्द हुनेछ । त्यसै गरी सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्र साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares