जगदम्बा स्टिलसहित एकैचोटी ५ कम्पनीले दिए आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन
काठमाडौँ । जगदम्बा स्टिलसहित एकैचोटी थप ५ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।
जगदम्बा स्टिल ,एसवाई प्यानल, माविलुङ इनर्जी लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
१. जगदम्बा स्टिलले अंकित मूल्य १ सय रुपैयाँमा २ सय रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ३ सय रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
२. एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न अुोज १९ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
३. एपेक्स हस्पिटालिटीले २४ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज १२ गते निवेदन दिएको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।
४. याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता आईपीओ निष्कासन गर्न असोज १० गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
५. माविलुङ इनर्जीले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न असोज १४ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
Shares